बंशिलाघाटका बाढी पीडितहरुलाई चौदण्डीगढी नगरपालिकाद्वारा राहत वितरण ।

१५असोज २०८१, सन्तोष कुमार रौनियार…

दुधकोशी नदीमा आएको बाढीका कारण चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ बंशिलाघाटका बाढी पीडितहरुलाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, नगरपालिकाका कर्मचारी लगायतको टोलीले आज बंशिलाघाट पुगेर बाढीपीडितहरुलाई राहत वितरण गरेको हो ।

१० घर वाढीपिडितहरुलाई प्रति परिवार १ बोरा चामल, १ के.जी. दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, १ वटा त्रिपाल र १ वटा कम्बल प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिएका छन् । चाडवाडको समयमा विपत्ले ठूलो चोट पुर्याएले स्थानीय सरकारले पहलकदमी लिएर छानामुनी दशैंको टीका ग्रहण गर्ने वातावरण बनाउनका लागि राहत सामाग्री वितरण गरिएको श्रेष्ठले बताएका छन् ।

हिजोमात्रै छुट्टछुट्टैरुपमा बंशिलाघाट पुगेका नेपाली कांग्रेस र एमाले भातृ संगठन राष्ट्रिय युवा संघको टोलीले पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराएका थिए । नेपाली कांग्रेसका क्षेत्रिय सभापति एंव पुर्व मेयर खगेन्द्र राई र राष्ट्रिय युवा संघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको नेतृत्वमा छुट्टछुट्टैरुपमा बंशिलाघाट पुगेका टोलीले वाढीपीडितहरुलाई चावल, दाल, नुन, तेल, चाउचाउ लगायतका खाद्यान्य वितरण गरेका थिए । शुक्रवार र शनिवार परेका मुशलधारे पानीले दुधकोशीमा आएको बाढीले बंशिलाघाटमा २ वटा घर बगाउनुको साथै लाखौको क्षती पुर्याएकोे थियो ।