नेकपा एमाले निकट कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन ।

१५ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन भएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ स्थित बेलका विच रिर्सोटमा भएको संगठनको जिल्ला अधिबेशनले अध्यक्षमा खड्का, यस्तै उपाध्यक्षमा कृष्ण बहादुर खत्री, सचिवमा सुरेन्द्र बस्नेत, महिला सचिवमा सविता पोखरेल , कोषाध्यक्षमा गणेश सापकोटा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा कुलदीप प्रसाद दाहाल, केदार बहादुर कटुवाल, कृष्णकुमार रेग्मी, विदुर बहादुर राउत, देव कुमार थापा र दुर्गाकृष्ण पोखरेल चयन भएका छन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य वैकुण्ठ दाहालको प्रमुख आथित्यिता तथा प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन नेपाल पिपिएलएका केन्द्रीय उपमहासचिव नारायण बस्ती, पिपिएलएका कोशी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष बाबुराम भट्टराई, नेकपा एमाले उदयपुर जिल्ला उपाध्यक्ष कालुमान लामा लगायतको उपस्थिती आज सम्पन्न अधबेशनले नेकपा एमाले निकट कानुन ब्यबसायीहरुको उदयपुरको नेतृत्व चयन गरेको हो ।

यसअघि आज नै भएको उद्घाटन शत्रमा एमाले जिल्ला उपाध्यक्ष कालुमान लामाले नेतृत्वमा संबिधान मिच्ने, कानुन मिच्ने प्रवृती हुने गरेकोे र कानुन मिच्ने प्रवृतीले मानव अधिकार र अन्य अधिकारलाई कुण्ठित गर्ने बताउदै संगठनले सही र संबिधानसम्मत सल्लाह दिनुपर्ने बताएका थिए । उनले गरीव, असहाय र अन्यायमा परेकाहरुलाई न्याय दिने कार्यमा लाग्नुपर्ने बताउदै सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए । कार्यक्रममा पिपिएलएका केन्द्रीय उपमहासचिव नारायण बस्ती, एमाले उदयपुर जिल्ला सचिव टेक बहादुर राउत, उप सचिव हेम खड्का लगायतले पनि शुभकामना दिएका थिए ।