चौदण्डीगढीमा राष्ट्रिय युवा संघ नेपालद्वारा बृक्षारोपण ।

१४ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

युवा संघले उदयपुरको चौदण्डीगढीमा बृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीको आयोजनामा आज शुक्रवार वडा नम्बर ४ अजिङ्गरे बसाहास्थित स्कुलडाँडामा बिभिन्न प्रजातीका ७८ वटा बिरुवा रोपिएको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढीका नगर अध्यक्ष भुवन राईले जानकारी दिएका छन् । संरक्षण प्रकृतीको, सुरक्षा सन्ततीको भन्ने नाराका साथ कटहरको विरुवा २० वटा, तितरी ७ वटा , मसला १० वटा , टाकी ३३ वटा र हरोको विरुवा ८ वटा रोपिएको राईले बताएका छन् ।

बृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यता सम्पन्न भएको थियो भने कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राई, युवा संघ उदयपुरका जिल्ला सचिव अनुपराज खत्री, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर लगायत युवा संघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।