९ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका उदयपुरगढी गाँउपालिकासंगै तेश्रो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयले शुक्रबार सार्वजनिक गरेको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजा अनुसार चौदण्डीगढी नगरपालिका तेश्रो भएको हो । उदयपुरको आठ वटा पालिका मध्ये कटारी नगरपालिका प्रथम भएको छ भने ताप्ली गाँउपालिका आठौ भएको छ ।
आर्थिक बर्ष २०७९/०८० को मुल्यांकन अनुसार स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) को विभिन्न सूचकहरु पुरा गर्दै कटारी नगरपालिकाले ८५ अंक प्राप्त गरेको छ भने, रौतामाई गाउँपालिकाले ७८.५० अंक , चौदण्डीगढी नगरपालिकाले ७६.५०, उदयपुरगढी गाउँपालिकाले ७६.५०, त्रियुगा नगरपालिकाले ७२ अंक, वेलका नगरपालिकाले ६८ अंक , लिम्चुङबुङ गाउँपालिकाले ६६.२५ अंक र ताप्ली गाउँपालिकाले ६० अंक प्राप्त गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको अन्तिम नतिजामा उल्लेख छ ।
चौदण्डीगढी नगरपालिकाले शासकिय प्रबन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ५.५ अंक, आर्थिक बजेट तथा योजना तर्जुमा ब्यबस्थापनमा ६.७५ अंक, वित्तिय एंव आर्थिक ब्यबस्थापनमा ७.५ अंक, सेवा प्रवाहमा १२.७५ अंक, त्यस्तै न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पुर्वाधारमा १० अंक, सामाजिक समाबेशीकरणमा ७.२५ अंक, वाताबरण संरक्षण तथा विपत्त ब्यबस्थापनमा ७.२५ अंक र सहकार्य र समन्वयमा ४.५ अंक प्राप्त गरेको छ ।
कोशी प्रदेशका १३७ स्थानिय तह मध्येमा इलाम नगरपालिकाले ८९.५० अंकसहित प्रथम, ८८.२५ अंक सहित ईलाम कै सुर्योदय नगरपालिका दोस्रो र ८५.५० अंक अंकसहिर्त झापाको कनकाई नगरपालिका तेस्रो भएको छ । संघिय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले गाँउ र नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकिय प्रक्रिया र विकास ब्यबस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने , आबद्यिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगाउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन नतिजाको गुणस्तर परिक्षण गरेर नतिजा प्रकाशित गरेको हो ।
