मुख्य खबर

आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको अध्यक्षमा मनकुमार राई चयन ।

मुख्य खबर, स्थानीय
नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिले नयाँ नेतृत्व पाएको छ । आज भएको नयाँ कार्य समितिको चुनावबाट समितिको नगर अध्यक्षमा मनकुमार राई निर्वाचित भएका छन् । राईले अध्यक्षका अर्का प्रतिस्पर्धी डिल्ली मगरलाई पराजित गर्दै बिजयी भएका हुन् । ९ वटा जातीय संगठनहरुको आबद्धता रहेको समितिका ९ मध्ये ८ जना प्रतिनिधीहरुले राईको पक्षमा मतदान गरेका थिए । नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको गत असार ७ गते भएको तेश्रो अबिधेशनले अध्यक्षका प्रतिस्पर्धीहरुबिच सहमति गराउन नसक्दा प्रमुख अतिथी तथा नेपाल आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला अध्यक्ष डिवी गुरुङ्गको नेतृत्वमा मेनुका रानामगर र भुपेन्द्र राईसहितको ३ सदस्य निर्वाचन मण्डल गठन गरेको थियो । निर्वाचन मण्डलले सहमतिका लागि एक हप्ताको समय दिएकोमा सहमति हुन नसक्दा आज निर्वाचन भएको हो । अध्यक्षबाहेकका पदमा भने यसअघि नै सहमति भै सकेको थ...

दुवै खुट्टा गुमाएका सुन्दरपुरका हिमाल राना मगरलाई घर हस्तारन्तरण ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा न. ५,सुन्दरपुर निवासी हिमाल राना मगर मगरलाई दुईकोठे घर हस्तारन्तरण गरिएको छ । समाजसेवी तथा नेकपा माओवादीकी नेत्री हिरा थापा तिम्सिनाको अगुवाईमा केही महिनाअघिबाट स्थानीयले उपलब्ध गराएको जग्गामा मगरका लागि घर निमार्ण भैरहेको थियो । आर्थिक विपन्नताको कारण दुवै खुट्टा गुमाएका हिमाल राना मगर र उनको अवोध छोरीको दयनीय अवस्था हेरेर नेत्री तिम्सिनाले घर बनाईदिने बताउदै सहयोगका लागि अपिल गरेकी थिईन् । देश विदेशबाट ३ लाख ५ हजार २ सय ७७ रुपैयाँ संकलन भएकोमा २ लाख ९७ हजार ९ सय १० रुपैयाँ खर्च गरी मगरका लागि जस्ताको छत भएको दुईकोठे पक्की घर निमार्ण गरिएको हो । आज उदयपुर क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेश सांसद राजन किराती, वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल र पूर्व वडा अध्यक्ष देव नारायण चौधरीले संयुक्तरुपमा मगरलाई घर हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश...

भुल्केमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयब्यय विवरण सार्वजनिक ।

देश, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाकाको वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा गत बैशाख २३ गतेदेखी बैशाख ३१ गतेसम्म संचालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयब्यय विवरण सार्वजनिक गरिएको छ । बिद्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा ज्ञानमहायज्ञ समितिका आर्थिक संयोजक रामजी कटुवालले कुल ६९ लाख ८४ हजार ८ सय ४४ रुपैयाँ नगद संकलन भएको र ११ लाख ३९ हजार २ सय ७० रुयौयाँ खर्च भएको विवरण प्रस्तुत गरेका छन् । ८ कक्षासम्म पढाई हुने बिद्याँलयको तहबृद्धी गरी माध्यमिक तहमा स्तरोन्नती गर्ने, बिद्यालयमा प्राबिधिक धारको अध्यापन गराउने र बालबालिकाका लागि स्कुल बसको ब्यबस्था गर्ने उदेश्यले बिद्यालयमा भागवत ज्ञानमहायज्ञ संचालन गरिएको थियो । ज्ञानमहायज्ञमा दाताहरुले न्युन्तम १०० रुयौयाँदेखी अधिक्तम १० लाख १ हजार १सय ११ रुपैयाँसम्म आर्थिक सहयोग गरेका थिए । सप्ताह ज्ञान महायज्ञमा कालिदास पौडलका परिवारकातर्फ आ...

नेपाली कांग्रेसका नगर उपसभापति पवन कार्कीद्वारा साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग ।

मुख्य खबर, स्थानीय
नेपाली काँग्रेस चौदण्डीगढी नगर समितिका उपसभापति पवन कार्कीले पार्टीको साधारण सदस्य समेत नरहनेगरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । आज नगर सभापति राजेन्द्र पौडेललाई एक पत्र लेख्दै उपसभापति कार्कीले पछिल्ला दिनहरुमा नेपाली कांग्रेसको गतिबिधी नियाल्दा प्रत्येक स्वाभिमानी कांग्रेसीको शिर निहुरिने अबस्था सृजना भएको र देशमा सुशासन दिन नसकेको , जनताप्रति उत्तरदायित्व नदेखेकोले आफुलाई पार्टीप्रतिको आशा र भरोशा टुटेकाले पार्टी परित्याग गर्ने अबस्थामा पुगेको जनाउदै पार्टीको साधारण सदस्य समेत नरहनेगरी उपसभापति पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । नेपाली काग्रेसको १४ औं नगर अशिबेशनबाट अत्याधिक मतका साथ कार्की नगर उपसभापति पदमा विजयी भएका थिए । कार्कीले पार्टी परित्यागको घोषणा गरेपनि स्थानीय कांग्रेसी नेतृत्वप्रति भने कुनै गुनासो ब्यक्त गरेका छैनन् ।  ...

घुस काण्डको छानविन गर्न एमाले चौदण्डीगढी नगर कमिटीद्वारा छानविन समिति गठन ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले सत्यतथ्य छानवीनको माग गरेको छ । आज (शुक्रवार) बेल्टार बजारस्थित पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै नगर प्रमुख कालुमानका निजी सचिवालय कर्मचारी देवप्रकाश राईले गरेको गतिबिधीले नेकपा एमालेको छवीलाई धमिलो बनाएको जनाउदै छानवीन हुनुपर्ने जनाएको छ । हिजो (विहिवार ) बसेको नगर कमिटी सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा राई संगठित सदस्यता निलम्बन गर्ने र छाननि गरी आबश्यक कारवाहीका लागि माथिल्लो कमिटीसमक्ष सिफारि गर्ने जनाएको छ । यस्तै नगर प्रमुख लामाका स्वकीय सचिव राईले गरेको गतिबिधीको सत्यतथ्य छनविन गर्न नगर कमिटी उपाध्यक्ष कृष्णबहादुर खत्रीको संयोजकत्वमा सचिव बिकास बन्जरा र उपसचिव मिनाकुमारी राई सदस्य रहेको ३ सदस्यीय छानविन समित...
अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

देश, मुख्य खबर, स्थानीय
                                     चौदण्डीगढी नगरपालिकामा अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा नगरपालिकाबाट संचालित कार्यक्रमहरु प्रभावित बनेको छ । अनिवार्य दायित्व अन्तर्गतको निजामति र करार तथा ज्यालादारी सेवातर्फका कर्मचारीहरुले २ महिनादेखीको तलव पाएका छैनन् भने स्वास्थ्य, पशु, शिक्षा लगायत अन्य क्षेत्रका कर्मचारीहरुले लामो समयदेखीको भत्ता नपाएको गुनासो गरेका छन् । तलव भत्तामै समस्या देखिएपछि कर्मचारीहरुमा उत्साह हराएको छ भने गरिसकेको कामको भत्ता पाउने नपाउने टुङ्गो नहुदाँ नैरासयता उत्पन्न भएको एक कर्मचारीले नाम नउल्लेख नगर्ने शर्तमा बताएका छन् ।                                      नगरपालिकाका लेखा शाखा प्रमुख अमर थापाका अनुसार आन्तरिक राजश्व संकलन नहुँदा २ महिनादेखी निजामति, करार र ज्यालादारीका कर्मचारीले तलव पाएका छैनन् भने स्वास्थ्य , शिक्षातर्फका कार्यक्रमहरु संचालन भएको छैन । त...

बंसिलाघाटमा तत्काल बेलिब्रिज जडानका लागि प्रदेश सांसद राजन किराँतीद्वारा स्थलगत अवलोकन ।

मुख्य खबर, स्थानीय
खोटाङ र उदयपुर जोड्ने बंसिलाघाटमा तत्कालका लागि बेलिब्रिज लगाएर भए पनि यस क्षेत्रका नागरिकहरुलाई बेल्टारबजारसंग जोड्ने अभिप्रायले पुलशाखा धरानलाई अनुरोध गर्दा बंसिलाघाटमा ७० मिटरको बेलिब्रिज आबश्यक पर्ने तर नेपालमा ५० मिटरसम्मको मात्र बेलिब्रिज रहेको जवाफ पुल शाखा धरानका महानिर्देशक प्रदिप भण्डारीबाट पाएपछि निराश भएका उदयपुर क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य राजन किराँतीले आज चौदण्डीगढी नगरपालिकासंग समन्वय गरेर नगरपालिकाको प्राबिधिक टोलीसहित स्थलगत अध्ययन अबलोकनका लागि आफै बंसिलाघाट पुगेका छन् । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामासंग छलफलगरी सांसद राई नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई , नगरपालिकाका बिकास वोर्डका संयोजक पदम राई, वोर्ड सदस्य थुसुङ्ग घिसिङ्ग, नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राई, स्थानीय समाजसेवी, संचारकर्मी लगायतको टोली लिएर बंशिलाघाट पुगेका थिए । अ...

ईलाका प्रहरी कार्यालय बेल्टारद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना ।

मुख्य खबर, स्थानीय
दिनदिनै नगरमा चोरीको घटनाबृद्धी हुन थालेपछि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालय बेल्टारले शान्ति, सुरक्षा लगायतका बिषयवस्तुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारमा भएको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्माले नगरको वडा नम्बर २, ३, ४, ६, ७, ८, ९ र १० वडामा पर्ने बजार क्षेत्र लगायतका टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा शान्ति, सुरक्षासंग सम्बन्धित बिषयमा अन्तरक्रिया गरेका हुन् । केही समयदेखी नगरमा मोटरसाईकल लगायतका सवारी साधन नै चोरी हुन थालेको र प्रहरीको भुमिका मै प्रश्न उठन थालेपछि विदाबाट फर्किने बितिकै प्रहरी निरीक्षक विश्वकर्माले सरोकारवालाहरुलाई बोलाएर अन्तरक्रिया गरेका हुन् । छलफलमा सहभागी टोलबिकास समितिका अध्यक्षहरुले आफ्नो क्षेत्रमा पुलिस गस्ती बढाउनु पर्ने, अपरिचित मान्छेहरुको निगरानी गरिनुपर्...

श्री ज्योती माध्यमिक बिद्यालय बेल्टारकोे ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित श्री ज्योती माध्यमिक बिद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयको प्रारंगमा आज भएको भब्य कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने बिद्यालयको बार्षिकोत्सवको अवसरमा भएको बिभिन्न खेल प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरुस्कार बितरण गरिएको थियो । बिद्यालयको बार्षिकोत्सवको अवसर पारेर नगर प्रमुख कालुमान लामाले बिद्यालयमा यसै आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निमार्ण भएको ४ कोठे भवन, त्यसैगरी संघीय कार्यक्रम अन्तर्गत बनेको अर्को ४ कोठे भवन तथा क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा निमार्ण गरिएको खानेपानीको ट्यांकीको पनि उद्घाटन गरेका थिए । त्यस्तै बिद्यालयले यसै बिद्यालयबाट अध्ययन गरी हाल नगरका बिभिन्न बिद्यालय तथा क्याम्पसमा प्रधाना...

चौदण्डीगढी नगरपालिकामा आखाँ शिविरमा मोतिबिन्दुको अपरेशन गराएका विरामीहरुको भोली नगर अस्पताल बेल्टारमा आखाँको थप परिक्षण हुने ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न सप्ताहब्यापी आखाँ शिविरमा मोतिबिन्दुको अपरेशन गराएका विरामीहरुको भोली नगर अस्पताल बेल्टारमा आखाँको थप परिक्षण हुने भएको छ । चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लक्ष्मी प्रसाद चौधरीका अनुसार भोली बिहान ८ बजेदेखी नगर अस्पताल बेल्टारमा पुष १५, १६ र १७ गते बेल्टारबजारस्थित कोभिड अस्पतालमा आखाँको अपरेशन गराएका बिरामीहरुको आखाँको पुनः परिक्षण गरिने बताएका छन् । तिलगंगा आखाँ अस्पताल काठमाडौबाट आएका आखाँको बिशेषज्ञ बिज्ञ डाक्टरहरुले विरामीको दृष्टी चेक गर्ने सह संयोजक चौधरीले बताएका छन् । यसअघि पुष ९ गतेदेखी पुष १७ गतेसम्म संतालित सप्ताहब्यापी मोतिबिन्दु छनौट आँखा शिविरमा २२ सय ३५ जनाको आखाँको परिक्षण गरिएकोमा २७३ जनाको आखाँमा मोतिबिन्दु देखिएको थियो भने २२५ जनाको आखाँको मोतिबिन्दुको सफल अपरेशन गरिएको थियो । तिलगंगा आखाँ अस्पताल काठमाडौको सहकार्य र चौद...