९ औं नारदमुनि स्मृति गोल्डकप : फाईनलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव र सलार्हीको वाग्मती युवा क्लबबीच भिडन्त हुने ।
२ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ९ औं नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाईनलमा जीत निकाल्दै सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको खेलमा उदयपुरको कटारी फुटबल क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको हो । न्यू त्रियुगा स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर ७ का बिदेशी खेलाडी फोफोनाले खेलको ६ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यस्तै न्यू त्रियुगा स्पोर्ट्स क्लब कै जर्सी नम्बर १० का बिदेशी खेलाडी फोफोना इब्राहिमले खेलको २७ औं र ३५औं मिनेटमा लगातार दुई गोल गर्दै टिमको अग्रता तेब्बर पारेका थिए । ३–० ले पछि परेको उदयपुरको कटारी फुटबल क्लवले खेलमा फर्कने मौका नै पाएन...









