दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ ।
उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् ।
लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा कालिक...


