बेलका नगरपालिकाद्वारा किसान कार्ड बितरण ।
१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
बेलका नगरपालिका नगरका किसानहरुको सहुलियतका लागि किसान कार्ड बितरण गरेको छ । नगरप्रमुख अशोक कार्कीले आज वार्ड नं २ रामनगरका लाभग्राही किसानहरुलाई एक कार्यक्रममा किसान कार्ड प्रदान गरेका छन् ।
बेलका नगरपालिकाको कार्यालय र राष्ट्रीय कृषक समुह महासंघको सहकार्य तथा केयर नेपालको सहयोगमा बेलका नगरपालिका वडा नं १,२ ,५ र ८ का नगरपालिकामा दर्ता भएका कृषक समुहहरु मध्ये बाट दलित महिला, कुपोषीत बच्चा भएका कृषक, भुमीहिन कृषक मध्येबाट छनौट गरी किसान कार्ड बितरण गरेको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगको दुरुपयोग पनि नहोस भन्ने हेतुले नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लाहान शाखामा कृषकको नाममा खाता खोली १४ हजार ५ सय रुपैयाँ बराबरको किसान कार्ड वितरण गरिएको सचिवालयले जनाएको छ । उक्त कार्डबाट नेपाल सरकारको नम्स अनुसार ठेक्का प्रकृयाबाट छनौट भएका भेन्डर...









