चौदण्डीगढी नगरपालिकाले कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने ।
०५ पुष २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयमा नीजिश्रोतका नाममा कम तलवमा कार्यरत शिक्षकहरुलाई न्युन्तम पारिश्रमिक दिलाउने प्रतिबद्धता ब्यक्त गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर शिक्षा शाखाले आज शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठले सरकारी सामुदायिक बिद्यालयमा नीजि श्रोतको शिक्षकको पारिश्रमिक विषयमा नगरपालिकाको ध्यान नपुगेको स्वीकार गर्दै उनीहरुलाई न्युन्तम पारिश्रमिक दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । रेडियो चौदण्डीगढीले सामुदायिक बिद्यालयमा नीजिश्रोत शिक्षकको नाममा ५–६ हजार रुपैयाँमा काममा लगाईरहेको बिषय उठाएको थियो । सोही बिषयलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले श्रम शोषण कसैले पनि गर्न नहुने बताउदै सामुदायिक बिद्यालयमा नीजिश्रोतमा कार्यरत शिक्षकहरुलाई पनि न्युन्...









