चौदण्डीगढीमा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यमा तिब्रता / नगर प्रमुख लामाद्वारा एकै पटक आधा दर्जन सडक कालेपत्रेको शिलान्यास ।
०७ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यले तिब्रता पाएको छ । संघिय सरकार र प्रदेश सरकारको योजनामा नगरको बिभिन्न वडाका ग्रामिण सडक स्त्तरोन्नती एव्म कालेपत्रे योजनाको काम भैरहेको छ भने नगरपालिकाले पनि आफ्नै श्रोतले नगरको १० वटै वडाको ग्रामिण सडक स्त्तरोन्नतीको लागि बजेट छुट्टयाएर कार्य गरिरहेको छ ।
नगरको सबै ग्रामिण सडकको स्त्तरोन्नती गर्ने उदेश्यले नगरले आर्थिक बर्ष २०८१/८२ को बजेटबाट प्रत्येक वडामा २०–२० लाख रुपैयाँ छुट्टयाएर सडक कालोपत्रे गर्ने योजना मुताविक आज नगर प्रमुख कालुमान लामाले वडा नम्बर २, ४, ५, ९ र १० मा कालेपत्रे गर्ने आधा दर्जन सडकहरुको एकैपटक शिलान्यास गरेका छन् । वडा नम्बर ४ स्थित त्रिशक्ती चौकमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले सो सडकहरुको शिलान्यास गरेका हुन् । चौदण्डीगढी नगरपालिकास्थित बेल्...









