उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।
२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…
इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको छ । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट आउटबाट निर्धारण गरिएको थियो । जसमा ब्रदरहुडले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो ।
त्यसअघि भएको खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दबाबमा रहेको बुट्टाबारीको तर्फबाट अतिरिक्त समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो । उपाधि विजेता ब्रदरहुडले २ लाख ५...









