एसईई परिक्षाको नतिजामा चौदण्डीगढीको रिजल्टमा उल्लेख्य सुधार / समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण ।
एसईई परिक्षाको नतिजामा उदयपुरको चौदण्डीगढी नगरपालिकाको रिजल्टमा उल्लेख्य सुधार देखिएको छ । गत शुक्रवार प्रकाशित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई २०८१ को नतिजामा चौदण्डीगढी नगरपालिकामा समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा शाखा चौदण्डीगढीले जनाएको छ । शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार सामुदायिक बिद्यालयतर्फ ७०.८५ र संस्थागत नीजि बिद्यालयतर्फ ९७.७१ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । चौदण्डीगढीमा १९ वटा सामुदायिक बिद्यालयबाट एसईईमा ६४५ जना सहभागी भएकोमा ४ सय ५७ जना उत्तिर्ण भएका छन् भने ११ वटा संस्थागत नीजि बोडिङ्ग स्कुलबाट १७५ जना सहभागी भएकोमा १७१ जना उत्तिर्ण भएका छन् । संस्थागत नीजि बिद्यालयतर्फ गत बर्षहरुमा पनि राम्रै रिजल्ट आउने गरेपनि सामुदायिक बिद्यालयहरुको रिजल्टमा भने यस पटक उल्लेख्य सुधार देखिएको बताएका छन् । नगरमा संचालित १९ वटा सामुदायिक बिद्...









