बेल्टारमा जारी फुटसल प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा ।
८ आसार २०८१, सन्तोष कुमार रौनियार…
स–शस्त्र प्रहरी बेस क्याम्प बेल्टारको आयोजनामा शनिवारदेखी शुरु भएको दुई दिवसीय फुटसल प्रतियोगिताको सेमी फाईनल समिकरण पुरा भएको छ । लागु औषध दूरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण खेलमा सहभागी आठ टिममध्ये आ आफ्नो खेल जित्दै क्लिन एण्ड ग्रीन बेल्टार, बसहा क्लब, युनाईटेड युथ क्लब बेल्टार र चौदण्डीगढी नगरपालिकाको टिम सेमिफाईनलमा प्रबेश गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बेल्टारको फुटसल मैदानमा शनिवार भएको पहिलो खेलमा क्लिन एण्ड ग्रीन बेल्टारको टिमले ईलाका प्रहरी कार्यालय बेल्टारको टिमलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो । यस्तै शनिवार नै भएको दोश्रो खेलमा बसहा क्लबले विरेन्द्र बजारको टिमलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ भने युनाईटेड युथ क्लब बेल्टारले...









