बिबिध

थप १७३ जनामा कोरोना संक्रमण, ३९६ संक्रमणमुक्त

थप १७३ जनामा कोरोना संक्रमण, ३९६ संक्रमणमुक्त

बिबिध
पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोना  भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।...
यो वर्षको मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ लाई

यो वर्षको मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ लाई

बिबिध
यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो। अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक  दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।  दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ रहेको छ।  यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ।...
जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका

जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका

बिबिध
टोखा नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम शुरु गरेको छ । टोखा नगरपालिकाको सक्रियतामा अहिलेसम्म पहिलो चरणमा सामाखुसी देखि ग्रान्डीसम्म अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन शुरु गरिएको मेयर प्रकाश अधिकारीले बताउनु भयो । उनका अनुसार तार व्यवस्थापनका क्रममा दोस्रो चरण्मा सबैवडा र स्थानहरुमा ब्यवस्थापन गरिने छ । जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा नगरपालिकाले यस्तो अभियान शुरु गरेको र व्यवस्थापनकै क्रममा नगर प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सचेत समेत गराएको छ...
काठमाडौं क्षेत्र नम्बर ६ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा लक्ष्मण बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं क्षेत्र नम्बर ६ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा लक्ष्मण बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस

बिबिध
नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६को क्षेत्रीय कमिटीले शुक्रबार प्रतिनिधि सभामा लक्ष्मण प्रसाद बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको ।  बिडारी क्षेत्रीय कमिटीका अध्यक्ष समेत हुन् । यस्तै काठमाडौं क्षेत्र नम्बर ६ वागमति प्रदेश सभा क को उम्मेदवारमा अर्जुनलाल प्रधान समेत सर्वसम्मत सिफारिस भएका छन् । ठमेलका स्थानीयवासी समेत रहेका प्रधानको नाम यसअघि नै चर्चामा थियो । समानुपातिकतर्फ रजुला जोशीको नाम सिफारिस भएको छ ।   निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिले अन्तिम रुप प्राप्त गर्नेछ ।...
गोकर्णेश्वर मन्दिर परिसरमा विशेष मेला

गोकर्णेश्वर मन्दिर परिसरमा विशेष मेला

बिबिध
आज काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।यस ठाउँलाई  उत्तरगया भनेर पनि  चिनिन्छ । पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुबै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीन दुः खीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुप...
निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

बिबिध
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । अध्यक्ष थापाले आज सामाजिक सञ्चाल ट्वीटरमार्फत यसबारे जानकारी गराएका हुन् । आयोगले राप्रपा नेपाललाई गाई चिन्ह नदिएपछि अदालत जान लागेको थापाले बताए । ‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ थापाले ट्वीटरमा लेखेका छन् ।...

दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

देश, बिबिध, मनोरन्जन, मुख्य खबर, स्थानीय
दशैं भन्ने वित्तिकै धेरै मानिसहरुले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुनत दशैंका धार्मिक, साँस्कृतिक महत्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले नै चर्चा पाउने गर्छ । त्यसैले दशैंको पूर्वसन्ध्यामा मासुको आपूर्तिबारेको चर्चा स्वभाविक हुन्छ । नेपालमा यस्ता चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोट...
धरानमा विरुवा रोप्दै प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

धरानमा विरुवा रोप्दै प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

बिबिध
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानरका मेयर हर्क नेम्वाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए । विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’  प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने। विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम ...
झिनो अंकले बढेर बन्द भयो शेयर बजार

झिनो अंकले बढेर बन्द भयो शेयर बजार

बिबिध
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । कारोबारको सुरुवातदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्नतः झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्द...
तारकेस्वरमा एमालेलको तिज कार्यक्रम

तारकेस्वरमा एमालेलको तिज कार्यक्रम

बिबिध
हरितालिका तिजको अवसरमा तारकेश्वरको नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा अवस्थित तिज उत्सव कार्यक्रम २०७९ आज हुने भएको छ । नेकपा एमाले तारकेश्वर नगर कमिटि तथा अनेम संघको अनेम संघ तारकेश्वर नगरकमिटिद्धारा विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको एमाले नेतृ साबित्रा शर्माले बताउनुभयो । हरेक वर्ष अनेमसंघले विविध साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गर्ने र समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्‍याउने लक्ष्य रहेको एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो । तिज उत्सवलाई सफल बनाउन तारकेश्वरको ११ वटै वडाहरुबाट महिलाहरुको बिषेस उपस्थीती रहने छ भने एमालेका बिभिन्न नेता तथा कार्यकर्ताको सहभागी हुनेछ ।...