बिबिध

दबावमा नपरी मतदान गर्न  राष्ट्रिय मानव अधिकार आयोग को अपिल

दबावमा नपरी मतदान गर्न राष्ट्रिय मानव अधिकार आयोग को अपिल

बिबिध
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसको दबावमा नपरी मत हाल्न मतदातालाई अनुरोध गरेको छ । बिहीबार काठमाडौं पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरि निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई आग्रह गरे । उनले निर्वाचन आयोगबाट जारी आचारसंहिताको पूर्ण पालना गर्न/गराउन, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, अशक्त र किरियापुत्रीलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न पनि अनुरोध गरे । ‘स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित, स्वतन्त्र, निष्पक्ष वातावरणमा सम्पन्न गराई व्यक्तिका नागरिक तथा राजनीतिक अधिकारहरूको पूर्ण सम्मान र संरक्षण...
मादक पदार्थ सेवन गरी मतदान गर्न जान नपाइने

मादक पदार्थ सेवन गरी मतदान गर्न जान नपाइने

बिबिध
मादक पदार्थ सेवन गरी मतदान गर्न जान नपाइने भयको  छ। निर्वाचन आयोग ले विज्ञप्ति  जारि गर्दै भनेको छ  ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन।’ स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको स्मरण गराउँदै आयोगले त्यस्तो भनेको हो। मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको जनाएको छ। त्यस्तै मत...
कसरि हुदै छ स्थानीय तह निर्वाचन २०७९ :एक झलक

कसरि हुदै छ स्थानीय तह निर्वाचन २०७९ :एक झलक

बिबिध
भोलि अर्थात बैशाख ३० गते स्थानीय तह निर्वाचन  हुदै छ,जसमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता ले  आफ्नो मताधिकार  प्रयोग गर्न लागेका छन्।  राज्य  संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा  ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता रहेका छन्। निर्वाचन आयोगका अनुसार यो निर्वाचन मा  सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्। कुल उम्मेदवारमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ। देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्।  जस अनुसार स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख (मेयर) र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही सं...
देशभरका ७५३ पालिकाकै मतगणनामा सिसीटिभीबाट निगरानी हुने

देशभरका ७५३ पालिकाकै मतगणनामा सिसीटिभीबाट निगरानी हुने

बिबिध
स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयोगले देशैभर सिसीटिभीबाट निगरानी गर्ने भएको छ। स्थानीय तहका मतगणनास्थलमा केन्द्रबाटै सिसिटिभी क्यामेराबाट निगरानी तयारी गरिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सबै पालिकाका मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी तयारी अघि बढाइएको जानकारी दिएका छन् । जस अनुसार देशभरका ७५३ वटा पालिकाको अनुगमन निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट गर्नेछ। यस अनुसार ७५३ पालिकामध्ये लगभग ५ सय वटा पालिकाको क्यामेरा जडान भइसकेको र बाँकी पालिकासँग समन्वय गरेर बुधबार र बिहीबारसम्ममा क्यामेरा जडान गर्ने तयारी भयको निर्वाचन आयोग ले जनाएको छ ।  ...
भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे, कोटेश्वर र माछापोखरीमा भीड

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे, कोटेश्वर र माछापोखरीमा भीड

बिबिध
२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ । कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । ‘कोटेश्वर, जडिबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले  बताएका छन् । मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यही...
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिबिध
२८ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।...
मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द

मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द

बिबिध
काठमाडौं । मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । यो अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउँदैनन् । त्यस्तै, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्य...
आज र भोलि मतदाताले परिचयपत्र पाउने

आज र भोलि मतदाताले परिचयपत्र पाउने

बिबिध
काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय...
काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा आज र भोलि प्रभावित

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा आज र भोलि प्रभावित

बिबिध
२८ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने जनाएका छन् । ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ । तर ललितपुर जिल्ला प्रशासन कार्यालयले भने यस्तो सूचना जारी गरेको छैन । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीहरु सीमित भए पनि तिनै कर्मचारीहरुबाट सेवा दिइरहेको बताए । ‘निर्वाचनमा खटिनु पर्ने भएकाले कर्मचारीहरु सीमित त हुनुहुन्छ तर सेवाग्राहीहरुको चाप पनि छैन । त्यसैले थोरै कर्मचारीहरुबाटै अत्यावश्यक सेवा दिइरहेका छौं...

उम्मेदवारको सवारी पास अब निर्वाचन अधिकृतकै कार्यालयबाट

बिबिध
२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुले सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयबाटै सवारी पास लिने व्यवस्था मिलाइएको छ । यसअघि सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र जारी गर्ने कार्यविधि थियो । त्यसलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतकै कार्यालयबाट सोझै सवारी पास लिने व्यवस्था मिलाइएको हो । जिल्ला प्रशासन कार्यालयबाट पहिले नै सवारी पास लिइसकेकाहरुको हकमा सोही पास मान्य हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । सोही व्यवस्था अनुसार सवारी पास लिन जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।...