चौदण्डीगढी नगरपालिकाद्वारा नगरमा संचालित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वीटर वितरण ।

१८ पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यलर्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गर्ने भएको छ । नगरपालिकाको सहयोगमा नगर शिक्षा शाखाले नगरमा संचालित बालविकासदेखी मावी स्तरसम्मको ४८ वटै सामुदायिक बिद्यालयमा वालविकास कक्षादेखी कक्षा २ सम्ममा अध्ययनरत बिद्यार्थीहरुलाई स्वीटर वितरण गर्ने भएकोे हो । नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले अति विपन्न परिवारका वालवालिकाहरुलाई मात्र वितरण गर्ने योजना भएको भएता पनि बिद्यालयहरुले सबै विद्यार्थीहरुको नाम सिफारिस गरेकोले बजेट अभावमा कक्षा २ सम्मका वालवालिकाहरुलाई मात्रै वितरण गरिने जानकारी दिएका छन् । नगरपालिकाको १० लाख रुपैयाँबाट ४८ वटा सामुदायिक बिद्यालयका करिव २५ सय बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिने नगर शिक्षा शाखा प्रमुख कुवँरको भनाई छ ।

 

आज वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा वालविकास कक्षादेखी कक्षा २ सम्म अध्ययनरत ३३ जना बिद्यार्थीहरुलाई नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख कुवँर, एमाले नेता शम्भु पौडेल लगायतले बिद्यालयमा आयोजित कार्यक्रममा स्वीटर वितरण गरेका छन् । स्वीटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले लक्षित विपन्न बर्गका बिद्यार्थीहरुलाई मात्रै बाड्नुपर्नेमा सबैलाई वाड्दा अप्रयाप्त वजेटका कारण अपुग भएको बताएका थिए । उनले सबै सामुदायिक बिद्यालयमा भोली शुक्रवारसम्ममा स्वीटर वितरण गर्न समेत निर्देशन दिएका थिए । यस्तै नगर प्रमुख लामाले सामुदायिक बिद्यालयमा बिद्यार्थीले पठनपाठन छोड्ने ड्रप आउटको समस्या चिन्ताको बिषय भएकोले वाल विकास कक्षादेखी नै वालवालिकाहरुलाई पठनपाठनको वानी विकास गर्नुपर्ने धारणा राखेका थिए ।

एक फरक प्रसंगमा नगर प्रमुख लामाले सगरमाथा आधारभुत बिद्यालयले गत बर्ष पुराण लगाएर उठाएको पैसा हिनामिना भएको सुचना आएको भन्दै त्यसको हिसावकिताव सार्वजनिक गर्न बिद्यालयलाई निर्देशन समेत दिएका थिए ।