१७ पुष २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चालु आर्थिक बर्षको ५ महिनामा विकास निमार्णमा ८.१६ प्रतिशत खर्च भएको छ । हिजो सम्पन्न नगरपालिकाको १७ औं नगर सभा तथा हिउँदे अधिबेशनमा पुष १५ गतेसम्मको आयब्यय प्रतिबेदन प्रस्तुत गर्दै नगर उप प्रमुख मणिकादेवी दुलालले चालुतर्फ ३७.५७ प्रतिशत र पुँजीगततर्फ ८.१६ प्रतिशत खर्च भएको जानकारी दिएकी छिन् । समग्रमा आर्थिक बर्ष २०८१/०८२ को ५ महिनामा २९.५९ प्रतिशत खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।
गत असार १० गते सम्पन्न नगरपालिकाको १६ औं नगर सभाबाट चालुतर्फ विनियोजित ५८ करोड १२ लाख ५० हजार ७ सय ३६ रुपैयाँमध्ये २१ करोड ५४ लाख १ हजार ७ सय ५० रुपैयाँ २२ पैसा खर्च भएको् छ भने विकास निमार्णका लागि पुँजीगततर्फ विनियोजित २१ करोड ६४ लाख ८६ हजार ७ सय ६४ रुपैयाँमध्ये १ करोड ७६ लाख ६८ हजार ९ सय ३६ रुपैयाँ ९५ पैसा मात्र खर्च भएको जनाइएको छ । समग्रमा विनियोजित ७९ करोड ७७ लाख ३७ हजार ५ सय रुपैयाँमध्ये २३ करोड ६० लाख ७० हजार ६ सय ८७ रुपैयाँ १७ पैसा खर्च भएको जुन अघिल्लो ३ आर्थिक बर्षको भन्दा बढी रहेको प्रतिबेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७८/७९ मा २२.९८ प्रतिशत, आर्थिक बर्ष २०७९/८० मा २१.१ प्रतिशत र आर्थिक बर्ष २०८०/८१ म २८.९८ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
विकास निमार्ण लगायतका योजनाहरुको सम्झौता भैरहेको तथा भैसकेको कामहरुको भुक्तानी पाईपलाईनमा रहेकाले पुँजीगततर्फ कम खर्च देखिएको प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठले जानकारी दिएका छन् । यस्तै आर्थिक बर्ष २०८१/०८२ स्थानीय राजश्व बाँडफाँड ढुङ्गा, गिट्टी र वालुवाबाट उठ्ने कर तर्फ २ करोड ९० लाख ३८ हजार ४६ रुपैयाँ अनुमान गरिएकोमा राजश्व बोलपत्र आबहान गर्दा १ करोड १० लाख ३८ हजार ४६ रुपैयाँ मात्र आय हुने अनुमान गर्दै संसोधन गरिएको छ । आन्तरिक राजश्वतर्फ ८६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा पुष १५ सम्ममा ७४ लाख संकलन भैसकेकोले यस आर्थिक बर्षको अन्त्यसम्ममा करिव १ करोेड ३२ लाख १६ हजार ७ सय ५१ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । त्यस्तै नगद मौजदादतर्फ १ करोड ४५ लाख ८६ हजार ६ सय २६ रुपैयाँ अनुमान गरिएकोमा अब ३ करोड ८८ लाख ६६ हजार ३ सय ६३ रुपैयाँ नगद मौजदाद हुने संसोधति अनुमान गरिएको छ । समग्रमा आर्थिक बर्ष २०८१/०८२ मा कुल बजेट ७९ करोड ७७ लाख ३७ हजार ५ सय रहेकोमा संसोधित बजेटमा १ करोड १८ लाख २ हजार १ सय ६० रुपैयाँ बृद्धीगरी ८० करोड ८५ लाख ३९ हजार ६ सय ६० रुपैयाँ पुर्याएको छ ।
त्यस्तै चालु आर्थिक बर्षको हालसम्म ठेक्का आवहान भै सम्झौता भईसकेको केही योजनाहरुबाट वचत भएको रकम र श्रोतमा बृद्धी भएको रकमबाट नगरपालिका भित्रका सबै नागरिकहरुको आवतजावतमा सहज र सडकको पहुँचमा बृद्धी होस् भन्ने उदेश्यले नगरको १० वटै वडामा सडक स्तरोन्नतीका लागि १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख कालुमान लामाले बताएका छन् । सबै ग्रामीण सडकको स्तरोन्नतीको लागि नगरपालिकाले सबै वडालाई १० दिनसम्म जेसिवी, टिपर, रोलर र पानी टयाङ्गकर उपलब्ध गराउने जानकारी उनले दिएका छन् । नगर प्रमुख लामाले नगरपालिकाले १६ औं नगर सभाबाट नगरको १० बटै वडामा सडक कालोपत्रेका लागि २०–२० लाख रुपैयाँ विनियोजन गरेको बताउदै त्यसमध्ये ५ वटा वडाको योजना सम्झौता भैसकेको र अहिले थप १ करोड रुपैयाँ ग्रामीण सडकको स्तरोन्नतीको लागि विनियोजन गरिएको बताएका छन् । त्यस्तै खानेपानी तथा सिंचाईको ब्यबस्था गर्ने उदेश्यले पाईप खरिद गर्न २० लाख बजेट छुट्टयाएको, ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गरिएको वडामा ५० प्रतिशत राजश्व सोही वडामा खर्च गर्ने आपसी सम्झदारी अनुसार खोला क्षेत्रमा तटबन्धन निमार्ण शिर्षकमा अपुग २० लाख रुपैयाँ थप विनियोजन गरिएको छ । यस्तै नगर प्रमुख लामाले श्रमको सम्मान गर्ने उदेश्यले यसअघि सामुदायिक बिद्यालयहरुमा कार्यरत कासहरुले न्युन्तम पारिश्रमिक नपाईरहेकोले उनीहरुलाई न्युन्तम पारिश्रमिक दिने उदेश्यले संसोधिन बजेटमा ब्यबस्था गरिएको जानकारी दिएका छन् ।
