१० असोज २०८१, सन्तोष कुमार रौनियार…
६ महिनापछि नेकपा एमाले उदयपुरको सांगठनिक संरचनाले पुर्णता पाएको छ । आज विहिबार नेकपा एमाले उदयपुरले रिक्त जिल्ला कमिटि सदस्य देखी बिभिन्न बिभागहरु गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेर नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । गत चैत्र १५ गते सम्पन्न नेकपा एमाले उदयपुरको जिल्ला अधिबेशनबाट अध्यक्षमा भागवत राउत निर्वाचित भएर आएपछि झण्डै ६ महिनापछि सबै विभाग तथा कमिटीले पुर्णता पाएको छ ।
आज जारी नयाँ कार्य विभाजन अनुसार जिल्ला कमिटि सदस्यमा २१ जना मनोनित भएका छन् भने पाँच जना पदाधीकारी सहित ३२ सदस्य जिल्ला सचिवालय गठन गरिएको छ । यस्तै ८१ सदस्य जेष्ठ कम्युनिष्ट मन्च र १ सय २१ सदस्य सल्लाहाकार समिति गठन गरिएको छ । त्यस्तै २३ वटै जनबर्गीय संगठनमा संयोजकको जिम्मेवारी जिल्ला कमिटी सदस्यहरुलाई तोकिएको छ । जनबर्गीय संगठनहरु नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किशान महासंघ, अखिल नेपाल महिला संघ, अनेरास्वबियु, राष्ट्रिय यूवा संघ, नेपाल राष्ट्रीय जन–सांस्कृतिक महासंघ, नेपाल बुद्धिजिवी परिषद, प्रेस चौतारी, पेशागत महासंघ, मानव अधिकार एलाएन्स, प्रगतिशिल तथा पेशागत कानुन ब्यवसायी संघ, नेपाल खेलकुद महासंघ, नेपाल उधोग तथा ब्यवसायी महासंघ, नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघ, नेपाल भुमिहीन सुकुम्वासी संगठन, रिटर्नी फेडेरेशन नेपाल, नेपाल मुस्लिम ईतिहाद संगठन, नेपाल उत्पीडीत जातिय मुक्ती समाज, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक प्रहरी संगठन, प्रोग्रेसिप इन्जिनियर्स एसोसिएसन नेपाल, अखिल नेपाल पिछडा बर्ग महासंघ, स्वास्थ्यकर्मी महांसघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघमा इन्चार्जहरु क्रमश माया भण्डारी, नारद निरौला, अम्वीका श्रेष्ठ पासवान, सुरेन्द्र बस्नेत, सागर नेपाल, सिमा मास्के, ईश्वर खडका, वन्दना दनुवार, टंक गुरागाँई, देवी कटुवाल, दिपेन्द्र वुढाथोकी, दल बहादुर राउत (दिपक), पर्शुराम चौधरी, बसन्त मगर, केदार दनुवार, महेश पौडेल, शम्भु शर्मा, पृथ्वी वि.क., कर्ण सुनाम, विष्णुराम राई, किशोरी हुज्जदार, कल्पना राई ढकाल र लोकेन्द्र खड्कालाई जिम्मेवारी तोकिएको छ ।
त्यसै गरि निर्वाचन क्षेत्रीय कमिटी अन्तर्गत उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ संयोजकमा कुल ब राउत, सह संयोजकमा नारद निरौला र सचिवमा प्रकाश राउत, उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ को संयोजकमा गजेन्द्र बहादुर खडका, सह संयोजकमा कृष्णराज दनुवार र सचिवमा बिजय घिमिरेलाई जिम्मेवारी तोकिएको छ । प्रदेश निर्वाचन क्षेत्रको जिम्मेवारी अन्गर्गत उदयपुर निर्वाचन क्षेत्र नं. १ (१) संयोजकमा किशोर ताम्राकार, सह संयोजकमा सुरेन्द्र राई र सचिवमा बसन्त मगर, क्षेत्र नं. १(२) संयोजकमा कृष्ण कुमार भण्डारी, सह–संयोजकमा धमानसिंह खत्री र सचिवमा पर्शुराम चौधरी मनोनित भएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं. २ (१) संयोजकमा खविन्द्र वहादुर राष्कोटी, सह संयोजकमा भलराज राई, सचिवमा खेद वहादुर आले र क्षेत्र नं. २ (२) संयोजकमा उद्धव सिंह थापा र सचिवमा संजिव कार्कीलाई मनोनित गरिएको छ ।
एता चौदण्डीगढी नगरपालिकाको १० वटा वडाको ईन्चार्जमा वडा नम्बर १ देखी वडा नम्बर १० सम्म क्रमशः महेश राई, अम्बिका श्रेष्ठ पास्वान, डिल्ली बहादुर मगर, श्याम कुमार राई, बिक्रम गिरी, ईश्वरा गेलाल, पार्वती राई, भुपेन्द्र राई, प्रकाश राउत र कुमारजंग कार्की रहेका छन् । चौदण्डीगढीको ६ नम्बर वडाबाट जिल्ला कमिटीमा एक जना मात्र रहेका भिम परियारलाई भने आफ्नै वडामा समेत ईन्जार्चको जिम्मेवारी दिईएन । यसअघि जिल्ला कमिटीमा रहेका नेताहरुलाई आफ्नो भुगोलमा जिम्मेवारी दिईने समझदारी भएको बताइएको थियो ।




