तारकेश्वरमा नागरिक सभाको अयोजना हुँदै:साझेदार बन्न सवै नागरिकलाई नर्थ काठमाडौ विकास अभियानको आग्रह
तारकेश्वर नगरपालिका मा आगामी असार ११ र १२ गते नर्थ काठमाण्डौ बिकाश अभियानको आयोजनामा नागरिक सभा हुने भएको छ । नागरिक लाई सबल बनाउदै नगर बिकास अभियान मा जोड्न नागरिक सभा हुन लागेको एक प्रेस बिज्ञप्ती सार्बजनिक गर्दै जानकारी गराइएको हो ।
नागरिक सभाले समाजका सवै तप्काका प्रतिनिधित्व गर्ने नागरिकलाई जुटाइ एक अर्काबाट सिक्दै, सुन्दै र सरसल्लाह (प्रवचन र वादविवादबाट नभइ ) एवं सम्वादबाट नीतिगत सुझाव या सिफारिसहरुको संकलन गर्दै बढी प्रतिनिधिमूलक र समावेशी तवर बाट कार्य गरी नागरिक सभाको कृयाकलाप बाट प्रत्येक नागरिकको प्रतिनिधिमूलक आवाज र विचार समेटी आफ्नो नगरको भविष्यआफै बनाउन सहयोग पुगोस् भन्ने सोच सहित यो सभाको अवधारणालाई अगाडि सारेको अभियानका अभियन्ता एबम संयोजक श्रीराम फुटुङ्गे ले बताउनु भयो ।
जनसरोकारका बिषय तथा नगरवासीका प्राथमिकता बारे नागरिक स्तरमा विचार विमर्श एबम अन्तरक्रिया गर्न साथै...
