Author: Radiochaudandigadhi.com

बालाजुको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

बालाजुको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

बिबिध
गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् । थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन् । काठमाडौंका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । एआईजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र सा...
चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिए

चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिए

बिबिध
कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर ०.६४ प्रतिशत मात्र थियो । तर डेढ महिनामा कोरोना संक्रमणदर झण्डै ३० गुणाले बढ्दै (१७.३०) प्रतिशतमा पुगेको छ । समग्रमा देशभरको संक्रमण दर एन्टिजेन तथा पीसीआर परीक्षणमा १७.३० प्रतिशत भए पनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ४५ प्रतिशतसम्म संक्रमण तथ्यांकले देखाउँछ । त्रिवि शिक्षण अस्पतालमा पछिल्लो २४ घन्टामा १३९ नमुना परीक्षण (पीसीआर) गरिएको थियो, जसमध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ । यो ४३ प्रतिशत भन्दा बढी हो । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो तथ्यांक अनुसार ३३ नमुना प...
भन्सार छली ल्याइएको १० लाखको सामानसहित एक जना पक्राउ

भन्सार छली ल्याइएको १० लाखको सामानसहित एक जना पक्राउ

बिबिध
धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको १० लाख भन्दा बढीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार १ सय ७५ रुपैयाँ बराबरको सामानसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका २ दुहबी चोकमा भारतबाट अवैध रुपमा भन्सार छली गरी मोटरसाइकलमा ल्याइएका अन्दाजी ५० हजार ४ सय ५० रुपैयाँ बराबरको चिनी बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका ३ जनक चोकबाट मोटरसाइकलमा ल्याइएको करिब ६ लाख ४६ हजार बराबरको लत्ताकपडा बेवारिसे अवस्थामा बरामद गरेकोको छ भने औरही गाउँपालिका २ देउरी चोकबाट अटोमा ल्याउँदै गरेको अटोसहित ३ लाख १८ हजार ७ सय २५ बराबरका लत्ताकपडासहित धनुषाक...
बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

बिबिध
बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको छ। सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए। उनका अनुसार सिसडोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो। जम्मा १७ वटा गाडी तोडफोड भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। १४ वटा फोहोरको टिपर, दुइटा डोजर र एउटा स्काभेटर तोडफोड भएको छ,’ भट्टले भने, ‘हिजो फोहोर विसर्जन गर्न गाडीहरू सिसडोल पुगेको थियो। फोहोर फाल्न पुगेको गाडीहरूलाई बञ्चरेडाँडामा फोहोर फाल्न नदिन स्थानीयहरूले अवरोध गरेका थिए।’ स्थानीयको अवरोधका बाबजुद सुरक्षाकर्मीको सहायतामा केही गाडीका फोहोर फालिएको भट्टले बताए। अवरोधकै कारण केही गाडीको फोहोर भने खसाल्न बाँकी थियो। ती गाडी भने बीच बाटोमा रोकेर राखिएको थियो। सोमबा...
एमालेले आज दल दर्ता गराउँदै

एमालेले आज दल दर्ता गराउँदै

बिबिध
आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय जाने बताइन् । दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरु आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने छन् । निर्वाचन आयोगले यही साउन २२ गतेदेखि दल दर्ता सुरु गरेको थियो । दल दर्ताको कार्यक्रम साउन ३१ गतेसम्म चल्ने छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि तयार पारेको कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित गर्ने र २८ गतेदेखि म...
काठमाडौं उपत्यकाको फोहोरको समस्यामा नयाँ व्यवस्थापन

काठमाडौं उपत्यकाको फोहोरको समस्यामा नयाँ व्यवस्थापन

बिबिध
काठमाडौं,  साउन २३ गते ।  यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहोर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै  त्यस्ता फोहोर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहोरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ । योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहोर बञ्चरेडाँडा पु-याउँदा पटक–पटक समस्या आएकाले प...
आज पनि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइचो

आज पनि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइचो

बिबिध
साउन महिनाको चौथो  सोमबार आज पनि देशभरका शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो  लागेको छ ।   हिन्दू धर्माबलम्बीहरुले  ब्रत  बसी भगवान   शिवको पूजा आराधना गर्ने गर्दछन्  ।  साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा शिवको पूजा आराधना  एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । साथै घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्ने समेत  चलन रहेको छ । साउन महिनाको सोमबारका दिन  देशका बिभिन्न भूभागमा रहेका सबै  महादेवमन्दिरहरुमा धेरै नै दर्शनार्थीहरु को भिड लाग्ने  गर्दछ। विशेष गरि  पशुपति नाथ मन्दिर ,दत्तात्रय मन्दिर, विन्ध्यबासीनी  लगाएतका देश भरका सबै जसो मन्दिरहरुमा पनि आज बिहानै देखि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको  छ  । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ।...
भारतबाट अवैध कुखुरा, मासु आयात

भारतबाट अवैध कुखुरा, मासु आयात

बिबिध
भरतपुर, साउन २३ गते । नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भित्र्याउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो ।  “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।” काठमाडौँमा आइतबार कुखुराको मासुको मूल्य प्रतिकिलो ३४५ रुपियाँ छ । एकोहोरो मूल्यमा आएको गिरावटले किसानले कुखुरामा हुने लागतसमेत उठाउन नसकेको गुनासो गरिरहेका छन् । बज...
कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत : दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा जाने सम्भावना  

कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत : दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा जाने सम्भावना  

बिबिध
काठमाडौं- गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको छ। असार १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला रोकिएको छैन। कोरोना संक्रमणका कारण दैनिक एक या दुई जनाले ज्यान गुमाइ रहेको तथ्यांकले देखाएको छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि असार १ गते पहिलो संक्रमितको मृत्यु भयो। मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए। साउन १९ गतेसम्म मृत्यु भएकाको तथ्यांकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्लेषण गरेको छ। जसमा ७६ प्रतिशत अर्थात् मृत्यु भएका १७ जनामध्ये खोप लगाएकाको संख्या चार मात्र थियो। बाँकी १३ जनाले खोप लगाएका थिएनन्। मृतक व्यक्तिले खोप नलगाएका मात्र होइन उनीहरुमा एकभन्दा बढी दीर्घ रोगहरु पनि थिए। १७ मध्ये १२ जना मृत्यु भएको व्यक्तिहरुमा एक वा ...
पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिबिध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।...