Author: Radiochaudandigadhi.com

बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

बिबिध
बेलायतमा नर्स लैजानको लागि आज सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच अहिले केहीबेरमा श्रम सम्झौता हुने भएको हो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कति जना नर्स बेलायत पठाउने भनेर सार्वजनिक गरिसकेको छैन। केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि भोलि मन्त्रालयमा सम्झौता हुन लागेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए। पछिल्लो समय नेपाल सरकार बाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ  गन्तव्यको खोजीमा जुटेको छ। सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। गत पुसमा दुई पक्षबीच...
बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

बिबिध
कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ । सञ्चय कोष शाखा कार्यालयका प्रमुख ध्रुव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए । दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप ५४ करोड ५६ लाख रुपैयाँ प्रदान गरिएको उनको भनाइ थियो “बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ ।” प्रमुख तिवारीले भने, “सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि...
प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

बिबिध
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी एसपीएका बीचमा सम्झौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एपडाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गनपर्ने कम्पनीले जनाएको छ । हितग्राहीले चेक आउट ÷बिल पेमेन्ट प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्क्वालिटी एसपीएकाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत ल...
ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

बिबिध
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् । ‘ हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ । अस्पताल प्रशासनले समेत ४५ दिनका लागि निजलाई निलम्बन गरेको ब्यहोरा अवगत गराउँदै यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गरी आगामी दिनमा यस प्रकारका घटनाहरू नघट्ने वातावरणको सुनिश्चितता प्रदान गर...
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

बिबिध
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी घोषणाका साथै अरु महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् । महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।...
गुल्मीको जंगलमा महिलाको शव भेटियो

गुल्मीको जंगलमा महिलाको शव भेटियो

बिबिध
गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ । शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए । शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।...
कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

बिबिध
काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ । नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो । ‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् । कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।...
माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

बिबिध
आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए । आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कालिकोटे होटलमा धादिङका ३८वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए । ‘असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन...
एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो

एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो

बिबिध
कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ । विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ । यस्तै, कुपोषणको दर ७ दशमलब ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसंख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ । एफएओको अनुसार नेपालमा सन् २०१७ देखि २०१९ अवधिमा कुपोषणको दर ४ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०२० मा ४ दशमलब ८ प्रतिशत पुगेको छ । यस्तै, सोही अवधिमा दक्षिण एसियाका अर्को राष्ट्र अफगानिस्तानमा कुपोषण दर २३ दशमलब ४ प्रतिशतबाट बढेर २५ दशम...
कञ्चनपुरमा ज्वरोका बिरामी बढे

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

बिबिध
कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ। स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। ‘ स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन। त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन्।’  ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनले जानकारी दिए। शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौक...