Author: Radiochaudandigadhi.com

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

बिबिध
२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी कतिपय उम्मेदारले अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको बताएको छ । चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्...
निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

बिबिध
२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एव‌ं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्‍याउनुपर्ने बताए । राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने पनि बताइन् । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्र...

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...
मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

बिबिध
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमु...
काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी

काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी

बिबिध
नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील हुनुहुन्छ । काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । नेत्री सिंह पार्टीका नेता तथा कार्यकर्तासहित जुलुस लिएर राष्ट्रिय सभा आइपुग्नुभएको छ ।...
नेकपा एमालेकाे पार्टी कार्यालयकाे उद्‍घाटन

नेकपा एमालेकाे पार्टी कार्यालयकाे उद्‍घाटन

बिबिध
नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद

जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद

बिबिध
जाजरकोटमा तीन नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाका फरक-फरक स्थानबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो । प्रहरी चौकी पैंकबाट गस्तीमा गएको प्रहरीको टोलीले कुशे गाउँपालिका–८, बिजुलीडाँडास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ । यसैगरी छेडागाड नगरपालिका–५ चिसापानीबाट र सोही नगरपालिका-२ मजेरीस्थित जंगलबाट ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
फेरि एमाले प्रवेश गर्ने भइन् पूर्वराजदूत लक्की शेर्पा

फेरि एमाले प्रवेश गर्ने भइन् पूर्वराजदूत लक्की शेर्पा

बिबिध
संविधान सभाकी सदस्य एंव पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गर्ने भएकी छन्। शेर्पाले आफू आजै एमाले प्रवेश गर्न लागेको जानकारी दिइन्। एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउँदै छन्। शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।  ...
महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

बिबिध
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसकेका छन् । लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो । जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताए ।बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए । यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ । आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेको छ । लोसपामा देशभर...