
आजदेखी दशैँको टिका लगाउन सुरू/चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाद्वारा ७३ बर्षिया आमाबाट टिका तथा आशिर्वाद ग्रहण ।
७ कार्तिक,सन्तोष कुमार रौनियार---
वडा दशैको मुख्य दिन आजदेखी दशैँको टिका लगाउन सुरू भएको छ । आज बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा मान्यजनको हातबाट बडा दशैँको टिका लगाउन सुरू गरिएको हो। आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ।
यसैक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बिजयादशमीको टिका ग्रहण गरेका छन् । वडा नम्बर ४ बसहास्थित घरमा ७३ बर्षिया आमा दिलकुमारी लामा एव्म मामा नारायण लामाको हातबाट टिका ग्रहण गरेका हुन् । टिका ग्रहण...