चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए ।
पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

