चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ३ कुसुमचौरीका थप ३ दर्जन ब्यक्तिहरु कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले ३ नम्बर वडा कमिटीको आयोजना आज बुधवार कुसुमचौरीमा भएको भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु एमाले प्रबेश गरेका हुन् । एमाले प्रबेश गर्नेहरुमा आफुलाई जेनजी भन्न रुचाउने आधा दर्जन युवाहरु समेत रहेका छन् । एमाले कोशी प्रदेश कमिटी सदस्य तथा एमाले नगर ईन्चार्ज कान्ता राईको प्रमुख आथित्यता तथा वडा कमिटी अध्यक्ष शम्भु तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रबेश गर्नेहरुले एमालेले विकास गर्ने बताउदै एमाले पार्टी प्रबेश गरेका बताएका छन् । आफ्नो ठाँउको विकास निमार्ण आफुहरुको प्राथमिकतामा रहेको जनाउदै स्थानीय युवा विरेन्द्र खड्काले झण्डै १० बर्षदेखी गाँउमा विजुलीको पोल गाडिएको भएपनि तार नभएको कारण गाँउमा विजुली नभएर समस्यामा रहेको उधारण दिदै एमाले मात्र गाँउको विकास गर्ने विस्वास ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख समेत रहेका नेकपा एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामाले एमालेले गाँउमा विजुली नरहेको विषय भर्खरै जानकारीमा आएको बताउदै यसै बर्ष नै पोल र तारको ब्यबस्था गरेर कसुमचौरीमा विजुली पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् । लामाले एमालले झुटो कुरा गर्ने बताउदै आफुहरुले बोलेको कुरा पुरा गर्ने दावी गरेका छन् ।
कार्यक्रममा एमाले नेताहरु खम्बर बहादुर मगर, श्याम राई, भिम परियार, डिल्ली मगर, विकास बन्जरा, मिना राई लगायतको पनि उपस्थिती रहेको थियो । यसअघि पनि वडा नम्बर ३ को राजानागी, स्कुलबारी, अजिङ्गगरे, रमाईलो डाँडा, बर्खेडाँडा लगायतका स्थानका झण्डै २ सय नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग एमालेमा प्रबेश गरेको वडा कमिटी अध्यक्ष शम्भु तामाङ्गले जानकारी दिएका छन् । आज भएको कार्यक्रममा ३८ जनाले कांग्रेस, माओवादी लगायतको पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेको उनले बताएका छन् ।
