कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उदयपुरको बेल्टार हुदै खोटाङ्ग जिल्ला जोड्ने बंशिलाघाटको बाटो बहुबर्षीय योजनामा निमार्ण गरिने बताएका छन् । आज बेल्टार बजारस्थित नेपाली कांग्रेस क्षेत्रिय पार्टी कार्यालयमा कांग्रेसनिकट नेता कार्याकर्ता तथा बेल्टार बजारमा रहेका ब्यापारी, सामाजिक अगुवासंगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले उदयपुर र खोटाङ्ग दुवैतर्फको प्राथकितामा राखेर काम गर्नुपर्ने र त्यसका लागि आफु लागिरहेको जानकारी दिएका छन् । यस्तै मन्त्री राईले बंशिलाघाटमा दुई महिनाभित्र बेलीबृज निमार्ण सम्पन्न भई उदयपुर र खोटाङ्ग जिल्लाबीच सिधा यातायात संचालन हुने पनि बताएका छन् । बेल्टार बजारका ब्यापारी, ब्यबसायी तथा सामाजिक अगुवाहरुले बाटो स्त्तरोन्नती तथा वेलिबृजका विषयमा जिज्ञासा राखेपछि मन्त्री राईले सो कुरा बताएका हुन् ।

त्यसअघि बेल्टार बजारका ब्यापारी, ब्यबसायी तथा सामाजिक अगुवाहरुले चौदण्डीगढीका विभिन्न योजनाहरुका लागि मन्त्री राईलाई पहल गरिदिन आग्रह गरेका थिए । नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले बेल्टार बंशिलाघाट सडक स्तरोन्नतिका लागि बजेट पारदिएको भन्दै मन्त्री राईलाई धन्यवाद दिदै थप बजेटका लागि पहल गरिदिन आग्रह गरेका थिए । दुध कोशी नदीमा बेलिबृज निर्माण र सडक स्तरोन्नति भएमा बेल्टार बजारले फेरी पनि सास फेर्न पाउने क्षेत्रिय सभापति राईको जिकिर थियो । उनले बेल्टार बजारस्थित मदन भण्डारी राजमार्गसंगै जोडिएको कोभिड अस्पतालका लागि निर्माण गरिएको भवन जिर्ण भएको तर यस राजमार्गमा सवारी दुघर्टना अध्याधिक भैरहने कारणले कोभिड अस्पताल भवनलाई ट्रमा सेन्टरको रुपमा बिकास गर्नका लागि माग गरेका थिए ।
त्यस्तै बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द थापाले बेल्टार बजारमा प्रबेश द्वार र बजारको ब्यबस्थापनको लागि बजेट माग गरेका थिए । उधोग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेश श्रेष्ठले भने अहिले छुट्याएको रकमले बाटो स्तरोन्नतिको कार्य सम्पन्न गर्न अपुग हुने भएकोले थप रकमका लागि आग्रह थिए । उनले बेल्टार बजारदेखी धापलाङघाटसम्मको सडक स्तरोन्नतिको माग गरेका थिए । ज्योति जनता बहुमुखी क्याम्पसका प्रमुख मनोज कुमार झाले क्याम्पसमा निर्माणधिन बास्केट बल कोर्टको लागि बजेट माग गरेका थिए भने नारद आदर्श शिक्षा क्याम्पस बसहाका क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष हाईदिपकेशर राईले क्याम्पसमा छात्राबासको आबश्यक्ता रहेको जानकारी दिदै १४ कोट्ठे भवन निर्माणका लागि बजेट ब्यबस्थापन गरिदिन आग्रह गरेका थिए । यस्तै नेपाल पत्राकार महासंघ उदयपुरका सदस्य अन्जनीकुमार अधिकारीले पत्रकार महासङ्ह उदयपुरको भवन जिर्ण भएकोले पहिले प्राप्त आश्वासन अनुसार बजेट ब्यबस्थापन गरिदिनका लागि आग्रह गरेका थिए । सहेली समुह भोर्लेनीकी कोषाध्यक्ष बिमला राईले भोर्लेनी पार्क घेरावेराका लागि बजेट माग गरेकी थिईन् ।
वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले द्वार खोला नियन्त्रण , जटिल रोगका बिरामीहरुमा बिपन्नलाई मात्र नभएर सबै नागरिकलाई पहिला झै मासिक रुपमा उपचार खर्च दिनुपर्ने माग गरेका थिए । काङ्ग्रेस नेता जितमान राईले भने कृषकको समस्यामा यस क्षेत्रका संघीय र प्रदेश सान्सदले केही काम नगरेको बताउदै सिचाई लगायतको कार्यमा सहयोग गर्न मन्त्री राईलाई आग्रह गरेका थिए भने बसहा क्याम्पसका क्याम्पस प्रमुख राजकुमार राईले सामुदायिक क्याम्पसहरुलाई बार्षिक रुपम दामासाहीले अनुदान रकम प्राप्त हुने गरेकोमा यस पटक बजेट नपरेकोले बजेटका लागि आग्रह गरेका थिए । कोशी प्रदेश सान्सद लिला राई तथा कांग्रेस नेता भोजराज खतिवडाले मागहरुलाई सकारात्मक रुपमा लिएर सम्बोधन गरिदिन मन्त्री राईलाई आग्रह गरेका थिए ।
