उदयपुरको चौदण्डीगढीमा पनि सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको संगठन गठन भएको छ । चौदण्डीगढी नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको आज बसेकोे नियमित बैठकले आमसाल माबीका प्रधानाध्यापक गगन श्रेष्ठको अध्यक्षतामा प्रिन्सिपल एसोसिएशन अफ् नेपाल (PAN) गठन गरेको हो ।
(PAN) कोशी प्रदेश उपाध्यक्ष कुमार खड्का र उदयपुर जिल्ला अध्यक्ष राजकुमार ओझा, यस्तै नगर शिक्षा शाखाका प्रमुख रामेश्वर कुवँरको उपस्थितीमा बेल्टार बजारस्थित नगरपालिकाको हलमा बसेको बैठकले गगन श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय कमिटी (PAN) चौदण्डीगढीको गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा गोमा निरौला, सचिवमा वलराम कार्की, कोषाध्यक्षमा देवी राई, सहसचिवमा शोभित खनाल निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा दीपा राई, गोमा कुमारी खड्का, तेज बहादुर थापा, नवराज राउत, भुईदल राई त्यस्तै कृष्ण गुप्ता, मनिका राई र प्रभुवावु बस्नेत सर्वसम्मत चयन भएका छन् ।