नेपाल बैंकको सुरक्षा गार्डको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याइनेः मन्त्री लेखी

२९ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नेपाल बैंकको सुरक्षा गार्डको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याइने बताएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा आज एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै मन्त्री लेखीले आफुले तिनवटै सुरक्षा निकाएका प्रमुखहरुलाई दोषीलाई तत्काल पक्राउ गरि कार्बाहि गर्न निर्देशन दिइसकेको जानकारी दिदै प्रहरीले अनुसन्धान कार्य गरिरहेको र छिट्टै नै अपराधीलाइ कानुनी दायरा ल्याउने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल,वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल,नेकपा एमाले नगर अध्यक्ष पारस दहाल, नेपाली काङ्ग्रेस नगर सभापति युवराज खनाल, नेकपा माओवादी नगर अध्यक्ष गुणराज कोइराला ,रास्वपा नगर अध्यक्ष मानप्रसाद लुइँटेल,मनकामना बहुमुखी सहकारीका अध्यक्ष अशोककुमार चौधरी, ब्यस्बस्थापक दिपककुमार खडका,त्रियुगा सहकारीका ब्याबस्थापक दिपक कार्की लगायतले सप्तकोसी नगरपालिकाको शान्ति सुरक्षा लगायत बस्तु स्थितिको बारेमा मन्त्रीलाइ  अबगत गराएका थिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद ढकालले फत्तेपुर प्रहरी चौकिको स्तरोन्नति, शान्ति सुरक्षा लगायतको बिषयमा अबगत गराउदै नेपाल बैंकका सुरक्षा गार्डको हत्यारालाइ तत्काल पक्राउ गरि कार्बाहि गर्न गृहमन्त्री संग माग गरेका थिए।यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागी अशोककुमार चौधरीले सप्तकोसी नगरपालिकाको मुख्य बजार फत्तेपुर उदयपुर संग सिमा नाका जोडिएको र बढदो सहरीकरण संगै युवा युवतीहरु लागु औषध दुर्ब्यबसनिमा फसेको र फत्तेपुर लागुऔषधको अखाडा बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै यसलाई नियन्त्रणको लागि पहल गरि दिन गृहमन्त्री लाइ अनुरोध गरेका थिए ।