बिष्णु मेडिकल हल बेल्टारमा भोली एकदिने स्वास्थ्य शिविर संचालन हुने ।

२२ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा भोली मंगलवार एकदिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

बिष्णु मेडिकल हलको आयोजना तथा युनिभर्सल युथ ग्रुप संस्थाको प्राबिधिक सहयोगमा बेल्टार बजारस्थित बिष्णु मेडिकल हलमा पाईल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने , मासु पलाएको, पलाएको मासु क्यान्सर हो की होईन भनी पहचान गर्ने तथा शरिरमा निस्किएको गाठागुठी आदिको निःशुल्क चेकजाँच गरिने आयोजकले जानकारी दिएको छ । रोग पहिचान गरी उपचार गर्नुपरेमा ५० प्रतिशत छुटमा विना अपरेशन उपचार गर्न सकिने बिष्णु मेडिकल हलका प्रोप्राईटर बिष्णु यादवले जानकारी दिएका छन् । जनरल सर्जन डा. प्रदिप कुमार यादव नेतृत्वको टोलीले विरामीको उपचार गर्ने जनाइएको छ भने शिविर बिहान ९ बजेदेखी शुरु हुने आयोजकले बताएको छ ।