पारुहाङ्ग एकेडेमीले मनायो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस ।

२१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

पारुहाङ्ग एकेडेमीले हिजो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपले मनाएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित पारुहाङ्ग एकेडेमीले आफ्नै बिद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजनागरी २० औं बार्षिक उत्सव मनाएको हो । बि.सं. २०६० सालमा स्थापना भएको बिद्यालयले अहिले कक्षा १० सम्मको पठनपाठन गराईरहेको छ ।

बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यक छविन्द्र राईले नर्सरीदेखी कक्षा १० सम्म ३४५ जना वालवालिकाले अध्ययन गरिरहेको जानकारी दिदै पारुहाङ्ग एकेडेमीबाट एसईई उत्तीर्ण बिद्यार्थीहरु मेडिकल, ईन्जिनियरिङ्ग, विएस्सी नसिङ्ग, चाटर्ड एकाउन्टेन्ट लगायतका बिषयमा अध्ययन गरेर काम गरिरहेको बताएका छन् । उनले शैक्षिक शत्र २०८१ बाट लागु हुनेगरी हरेक कक्षाको बार्षिक परीक्षामा प्रथम र द्धितीय स्थान ल्याउने बिद्यार्थीहरुलाई नेपाल सरकारले ब्यबस्था गरे बमोजिम पुर्ण तथा आंशिक छात्रवृती प्रदान गर्ने , कमजोर बिद्यार्थीका लागि आबश्यक्ता अनुसार अतिरिक्त कक्षाको ब्यबस्था गर्ने, समय समयमा शिक्षक, बिद्यार्थी एव्म अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने, नेपाल सरकारले तोक बमोजिम कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई छात्रबृती वितरण गर्ने लगायतको कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन् ।

कार्यक्रममा बिभिन्न कक्षाका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने प्रोजेक्ट वर्क अन्तर्गत राम्रो कार्य गर्ने बिद्यार्थीहरुलाई नगद पुरुस्कार समेत प्रदान गरिएको थियो ।