उदयपुरमा बनभोजबाट फर्कदै गरेको स्कुल बस दुर्घटन, तीन जनाको मृत्यु ३६ घाइते ।

९ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार वनभोजबाट फर्कने क्रममा भएको बस दुर्घटनामा बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको छ भने दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्यको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १–०५–००१ ख ००४४ नम्बरको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीको ओरालोमा अनियन्त्रित भएर कर्ल्भट नजिक सडकबाट करिब ४० फिट तल खसेर पल्टिएको उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन् । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ भने घटनाको थप अनुसन्धान भइरहेको डीएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन ।