नेपाली कांग्रेसका नगर उपसभापति रामकुमार खड्का मोटरसाईकल दुघर्टनामा परी सख्त घाईते ।

१० कार्तिक,सन्तोष कुमार रौनियार—

 

नेपाली कांग्रेस चौदण्डीगढी नगरपालिकाका उपसभापति रामकुमार खड्का मोटरसाईकल दुघर्टनामा परी सख्त घाईते भएका छन् । ६६ बर्षीय खड्का श्रीमति बिष्णु कुमारी खड्कालाई लिएर सिन्धुलीको दुधौलीबाट आज बिहान उदयपुरको हडिया आउनेक्रममा मदन भण्डारी राजमार्गको उदयपुरको नेपालटारमा आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडकसंगैको पोलमा ठोक्किदा घाईते भएका हुन् । खड्काको देव्रे खुट्टा, एउटा करङ्ग भाचिएको छ । त्यस्तै दुघर्टनामा संगै घाईते भएकी खड्का पत्नी बिष्णु कुमारी खड्कालाई पनि चोट लागेको छ । बिष्णु कुमारीको देव्रे खुट्टा भाचिएको, टाउकोमा १४ वटा टाका लागेको तथा टाउको रगत जमेको छ । सुगर, प्रेसर र कोलस्ट्रोलले पिडित दुबै जनाको विराटनगरस्थित विराट टिचिङ्ग मेडिकल कलेज टंकीसिनवारीमा आईसियुमा उपचार भै रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।