आजदेखी दशैँको टिका लगाउन सुरू/चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाद्वारा ७३ बर्षिया आमाबाट टिका तथा आशिर्वाद ग्रहण ।

७ कार्तिक,सन्तोष कुमार रौनियार—

वडा दशैको मुख्य दिन आजदेखी दशैँको टिका लगाउन सुरू भएको छ । आज बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा मान्यजनको हातबाट बडा दशैँको टिका लगाउन सुरू गरिएको हो। आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ।

यसैक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बिजयादशमीको टिका ग्रहण गरेका छन् । वडा नम्बर ४ बसहास्थित घरमा ७३ बर्षिया आमा दिलकुमारी लामा एव्म मामा नारायण लामाको हातबाट टिका ग्रहण गरेका हुन् । टिका ग्रहणपछि सामाजिक संजाल फेसबुकका फोटो राख्दै लामाले सामाजिक सदभाव र राष्ट्रिय एकता! आमा र मामाको आशिर्वाद ग्रहण गरियो! बडा दशै २०८० भनी लेखेका छन् । आफ्नो परिवारले पुस्तौ देखी दशै मान्दै आएको बताउदै लामाले चाडपर्वले समाजमा सद्भाव र भाईचारा ल्याउने तथा समाजलाई जोड्ने भएकोले आफुले सबै जातजातीको चाडपर्वलाई उतिकै सम्मान गर्ने गरेको बताएका छन् । यस्तै चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले पनि बेल्टार बजारस्थ्ति घरमा ७५ बर्षिया आमा रामकुमारी राई तथा बाजे आफन्त पर्ने ८७ बर्षीय गम्भिर बहादुर राईको हातबाट टिका तथा आशिर्वाद ग्रहण गरेका छन् । टिकापछिको पारिवारिक फोटो सामाजिक संजाल फेसबुकमा राख्दै राईले सुख, शान्ति, समृद्धीको कामनासहित बिजया दशमी २०८० को सबैमा शुभकामना ब्यक्त गर्दछु । जयमाता दुर्गे, जयशान्ती भनि लेखेका छन् ।