प्रथम दिप्शन मगर स्मृती फुटवल प्रतियोगिताको टाईसिट सार्वजनिक ।

आगामी भदौ २३ गतेदेखी संचालन हुने प्रथम दिप्शन मगर स्मृती फुटवल प्रतियोगिताको टाईसिट सार्वजनिक भएको छ । आयोजक बेल्टार एकता युवा क्लवले आज सार्वजनिक गरेको टाईसिट अनुसार उद्घाटन खेल भदौ २३ गते सुन्सरीको तालतलैया फुटवल क्लब र उदयपुरको फ्युजन क्लब गाईघाट बोक्सेबीच हुनेछ । यस्तै दोश्रो खेल भदौ २४ गते गाईघाट फुटवल क्लब र भागलपुर फुटवल क्लबबीच हुनेछ । त्यस्तै तेश्रो खेल भदौ २५ गते बेलका नगरपालिका उदयपुरको टिम र न्यु त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरी बिच हुनेछ भने चौथो खेल भदौ २६ गते कटारी पुटवल क्लब उदयपुर र आयोजक बेल्टार एकता युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ । यस्तै पहलो सेमीफाईनल खेल भदौ २७ गते र दोश्रो सेमीफाईनल खेल भदौ २८ गते हुनेछ । फाईनल खेल भने भदौ ३० गते हुनेछ । सबै खेलहरु दिउँसो २ बजेबाट चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा हुने आयोजकले जानकारी दिएको छ ।

दिवगंत सहकर्मीको स्मृतीमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टारमा रहेको बेल्टार एकता युवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा आयोजक बेल्टार युवा क्लब, यस्तै उदयपुरको बेलका नगरपालिकाको टिम, गाईघाट फुटवल क्लब , कटारी फुटवल क्लब, फ्युजन फुटवल क्लब बोक्से , लालिगुराँश फुटवल क्लब भागलपुर, न्यु त्रियुगा स्पोर्टस क्लब सप्तरी र तालतलैया फुटवल क्लब सुनसरीले भाग लिएको छ । बेल्टार एकता युवा क्लबका अध्यक्ष रोशन राईका अनुसार प्रतियोगिताको प्रथम पुरुस्कार नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने उप विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बिद्यागततर्फ उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, हाई स्कोरर्, उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई नगद र ट्रफीसहित सम्मान गरिने जनाएको छ । प्रथम पुरुस्कार नगद ५० हजार रुपैयाँ भने बेल्टार बजारस्थित पारुहाङ्ग एकेडेमीले प्रायोजन गरेको राईले जानकारी दिएका छन् ।