टेक्सोमा नेपाली समाजको अध्यक्षमा उदयपुरको उज्ज्वल खड्का चयन ।

अमेरिकाको टेक्सस राज्यको शरमन शहरमा स्थापित टेक्सोमा नेपाली समाजको अध्यक्षमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारका उज्ज्वल खड्का

सर्वसम्मत रुपमा चयन भएका छन् । गत अगस्त २० तारिख आइतबारका दिन सम्पन्न बैठकले खड्काको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समितिको गठन गरेको हो । नव निर्वाचित समितिमा अध्यक्षमा उज्ज्वल खड्का, वरिष्ठ उपाध्यक्षमा गोविन्द बोगटी ,उपाध्यक्षमा कन्चना प्रसाई ,सचिवमा महेन्द्र श्रेष्ठ,सह सचिवमा अनु खड्का ,कोषाध्यक्षमा रमिता खड्का तथा संयोजकमा यक्ष पाण्डे निर्वाचित भएका छन । यस्तै कार्यकारी सदस्यहरुमा दुर्गा श्रेष्ठ, रोशन महर्जन ,युकेश कोइराला तथा सन्तोष पौडेल निर्वाचित भएका छन् ।

 

 

सन् २०११ मा स्थापित टेक्सोमा नेपाली समाजले नेपालीहरुको हक अधिकार तथा रितीरिवाज र परम्पराहरुको प्रवद्धनका लागि कार्य गरिरहेको जनाइएको छ ।