सार्वजनिक यातायातमा भाडा छुट दिन चौदण्डीगढी नगरपालिकाको आग्रह ।

चौदण्डीगढी नगरपालिकाले सार्वजनिक यातायातका सवारी साधनमा ज्येष्ट नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बिद्यार्थीहरुलाई सरकारले तोके बमोजिमको छुट दिन आग्रह गरेको छ । नगरपालिकाले बेल्टार बजारस्थित संयुक्त बुकिङ्ग काउण्टरलाई एक पत्र लेख्दै ज्येष्ट नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बिद्यार्थीहरुलाई भाडादरमा नेपाल सरकारले तोके बमोजिमको छुट सुविधा उपलब्ध नगराइएको गुनासो आएको बताउदै ज्येष्ट नागरिकको हकमा नेपाल सरकारबाट २०६३ साल मंसिर ८ गते स्वीकृत ज्येष्ट नागरिक सम्बन्धी ऐन, २०६३ (संसोधन समेत) को दफा ९ बमोजिम र अपाङ्गता भएको ब्यक्तिहरुको हकमा नेपाल सरकारबाट २०७४ साल असोज ६ गते स्वीकृत अपाङ्गता भएको ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ (संसोधन समेत) को दफा ३७ बमोजिम चौदण्डीगढी नगरपालिका क्षेत्रबाट संचालन हुने सबै सार्वजनिक यातायातहरुले नेपाल सरकारको निकायबाट परिचयपत्र प्राप्त गरेका ज्येष्ट नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत वा तोकिए बमोजिमको छुट सुविधा दिन आग्रह गरेको छ ।